२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुष्मा स्वराज राष्ट्रपति भण्डारीबीच भेटवार्ता


0
Shares

उनीहरुबीच राष्ट्रपति कार्यालय शितलनिवासमा भेटवार्ता भएको हो ।

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री स्वराजबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हितका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

विदेश मन्त्री स्वराजले प्रधानमन्त्री शेरबहादुर देउवासँग आजै भेटवार्ता गर्नेछिन् ।

विदेशमन्त्री स्वराजले प्रधानमन्त्री देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्नेछिन् ।

त्यहाँ कांग्रेसका नेताहरुसँग पनि सामूहिक भेटवार्ता हुनेछ । बालुवाटारमै प्रधानमन्त्री देउवाले विदेशमन्त्री स्वराजको सम्मानमा दिवाभोजको व्यवस्था गरेका छन् ।