प्रधानमन्त्री देउवा र स्वाराजबीचको भेटवार्तामा के भयो ? • Image Khabar Image Khabar


प्रधानमन्त्री देउवा र स्वाराजबीचको भेटवार्तामा के भयो ?


Imagekhabar
१९ माघ २०७४, शुक्रबार १५:५६

प्रधानमन्त्री देउवा र स्वाराजबीचको भेटवार्तामा के भयो ?

बिहीबार अपराह्न काठमाडौं आइपुगेकी विदेशमन्त्री स्वराजले २४ घन्टाको नेपाल बसाइँकाक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा तथा प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्ता गरिन् ।

भ्रमणको अन्तिम चरणमा विदेशमन्त्री स्वराजले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरिन् ।

प्रधानन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धकाबारेमा छलफल भएको बताइएको छ ।

भेटमा विदेशमन्त्री स्वराजले निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री देउवालाई बधाइ दिएकी थिइन् ।

भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री शेरबहादुर देउवाले ट्वीटमार्फत् जानकारी गराएका छन् ।

प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराईले भेटवार्ता द्विपक्षीय हितका विषयमा केन्द्रित रहेको जानकारी दिए ।

प्रधानमन्त्री देउवाले विदेशमन्त्री स्वराजको सम्मानमा शुक्रबार दिवाभोज आयोजना गरेका थिए ।

दिवाभोजमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला, डा. नारायण खड्का, विमलेन्द्र निधिलगायत सहभागी थिए ।

प्रधानमन्त्री देउवासँगको शिष्टाचार भेटअघि विदेशमन्त्री स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्