
सबैभन्दा बढी हेरिएको गीत भिडियो विजेता सुमन मानन्धरका साथै प्रतियोगिता आयोजनामा अतूलनीय योगदान गरेका विनय राजोपाध्याय र भुपेन शाक्य सम्मान पनि गरिएको थियो ।
प्रमाणपत्र वितरण गर्नुहुँदै प्रमुख अतिथि कवि दुर्गालाल श्रेष्ठले “७ दशकको आफ्नो भाषा संरक्षण र लेखन र अभियानमा धेरैलाई मातृभाषाको महत्व बुझाउन खोजेँ तर गायक सुरजवीरले तयार पारेको यो गीतको प्रतियोगिताको माहौलले ३ बर्षको बालकदेखि भाषा बोल्न नजानेको पीडा भएका नेवारसम्मलाई नेपालभाषाको गीत गाउन प्रेरित गर्यो ।
अमेरिका, क्यानाडा, मलेसिया, कतार, नर्वे लगायत देशमा रहेकोमो सहभागिता मात्र पनि नभइ अरु समुदायले समेत यो गीत गाएकोले पनि समयको माग अनुरुपको कार्य यो प्रतियोगिताले छोटो समयमा धेरै उपलब्धि प्राप्त गरेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै बूदिंया भिंतुना (जन्मदिनको शुभकामना) गीतका गायक एवं रचनाकारले यो गीत अब आफ्नो मात्र नरहेको उल्लेख गर्दै जन्मदिनको नेवार संस्कृति प्रवद्र्धन गर्नुका साथै नयाँ गायक÷गायिकाहरुको नेपालभाषाको सांगीतिक क्षेत्रमा आगमन यस प्रतिस्पर्धाको उल्लेखनीय पाटो रहेको बताए ।
कार्यक्रममा यस गीतका संगीत संयोजक एवं गीत रेकर्डिङ पुरस्कार प्रायोजक आर्टोम्यूज रेकर्डिङ स्टुडियोका संगीत निर्देशक जुगल डंगोलले उत्कृष्ट ५ गायक÷गायिका छानिने आधार प्रष्ट पारे ।
गोल्मा कम्पनी प्रालिका प्रमुख सुरेश मल्लले नेवार संस्कृति संरक्षणमा यो गीतको योगदान सँधै स्मरणीय रहने भन्दै यो प्रतियोगितासँग जोडिन पाएकोमा खुशी ब्यक्त गरे ।
कार्यक्रमका सभापति इलोहं प्रकाशनका प्रमुख नरेशवीर शाक्यले अन्य कार्यक्रममा चिनिएका ब्यक्तिहरुको बाहुल्यता रहने तर यो प्रतियोगितासँग जोडिएको कार्यक्रममा नयाँ अनुहारसँगै नयाँ लहर उत्पन्न भएको बताए ।
कभर गीत प्रतियोगितामा फेसबुकमार्फत गीत पोष्ट गरी भाग लिने अवधि पुष १ गतेबाट शुरु भइ माघ ८ गते सम्पन्न भएको थियो ।
यो अवधिमा १२१ प्रतियोगीहरुले बूदिंया भिंतुना गीतको कभर गाएर प्रतिस्पर्धामा सहभागी भएका छन् ।
नेपालबाहेक अमेरिका, क्यानाडा, नर्वे, मलेशिया, कतार लगायत देशबाट सहभागिता रहेको छ भने ३ बर्षीय अपूर्व राजोपाध्यायले गाएको देखि ५ बर्षीय सजगता मानन्धर र सुविन्या डंगोलको प्रतिस्पर्धामा सहभागीता पनि उल्लेखनीय बनेको छ ।
मातृभाषा लोप भएको पीडा रहेकाहरुको प्रतिनिधित्व गर्दै लमजुङबाट अनिषा श्रेष्ठको सहभागिताले पनि उत्साह जगाएको छ भने पछिल्लो समय विमला तामाङले गाएको गीत पनि सामाजिक संजालमा निकै हेरिएको भिडियो बनेको छ ।
पाश्चात्य संस्कृतिको प्रभावमा नेवार समुदायको जन्मदिन संस्कृतिमा परेको प्रभाव हटाउन तथा शुभकामना दिन आफ्नै भाषामा आफ्नै सांस्कृतिक शुभकामना शब्द प्रचार गर्न यस प्रतियोगिताको आयोजना गरिएको हो ।
अर्कोतर्फ यस प्रतियोगिताबाट नेपालभाषाको सांगीतिक क्षेत्रमा ५ नयाँ गायक÷गायिकाको आगमन हुनेछ ।
चैत्र ९ गते शुक्रबारको दिन राष्ट्रिय नाचघर जमलमा हुने बूदिंया भिंतुना म्ये कासा कभर प्रतियोगिताको मूल कार्यक्रमको आयोजना हुनेछ ।
साँझ ४ः३० बजे शुरु हुनेक कार्यक्रममा सामाजिक संजाल फेसबुकमा ७७ हजार भन्दा बढी हेरिएको भिडियोकी गायिका सुमन मानन्धरलाई चेज लिड टिभी पुरस्कार प्रदान गरिनेछ ।
सबैभन्दा राम्रो गायक वा गायिकालाई पनि चेज लिड टिभीको साथमा आर्टोम्यूज रेकर्डिङ स्टुडियोले एउटा गीत रेकर्डिङ्गको पुरस्कार प्रदान गरिनेछ ।
पछिल्लो समय अन्य ४ प्रतियोगी समेत टप ५ प्रतियोगीलाई नै नेपालभाषाको गीत रेकर्डिङ्गको पुरस्कार प्रदान गरिनेछ ।
पेजथ्री सनिलका रुपमा आयोजना हुने यस सन्ध्यामा नेपालभाषा संगीत क्षेत्रका प्रसिद्ध कलाकारहरुको समेत सहभागिता रहनेछ ।
वरिष्ठ गायक जुजुकाजी रंजित, निशा देसार, सरीता शाही, सतिष महर्जन, सानुबाबु महर्जन, भुपेन्द्र बज्राचार्य, रीता महर्जन, सुरज ब्यञ्जनकार, रत्नशोभा महर्जन, दीपा महर्जन, पूर्णकाजी ज्यापु, रोजी श्रेष्ठ, विरज महर्जनका गीतहरु गुञ्जिनेछन् भने राजन शाही र समूह, मिनर्वा शर्मा राजोपाध्याय, आराध्यालक्ष्मी खड्गीले नृत्य प्रस्तुत गर्नेछन् ।
कभर प्रतियोगिता भएको बूदिंया भिंतुना अर्थात जन्मदिनको शुभकामना गीत गायक तथा रचनाकार बज्राचार्यले आफ्नी जीवन संगिनी रमा बज्राचार्यको जन्मदिनको अवसरमा समर्पणसाथ सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्