ज्येष्ठ नागरिकको लागि स्वास्थ्य शिविर संचालन • Image Khabar Image Khabar


ज्येष्ठ नागरिकको लागि स्वास्थ्य शिविर संचालन


Imagekhabar
२२ माघ २०७४, सोमबार ०९:५३

ज्येष्ठ नागरिकको लागि स्वास्थ्य शिविर संचालन

सिम्ता गाउँपालिकाको वडा ७ गोजि वजारबाट सञ्चालन गरिएको उक्त शिवीर सिम्ता गाउँपालिकाको वडा १ खनेटामा गएर अन्त्य हुने वताएको छ ।

गाउँपालिकाको ९ वटै वडा विभिन्न क्षेत्रमा स्वास्थ्य शिवीर सञ्चालन गर्ने गाउँ स्वास्थ्य शाखाका गणेश वलीले वताए ।

साथै शिविरमा चेकजाँच पछि निशुल्क औषधी वितरण,प्रेसर,सुगर,दम,छाती,पिसाव,वाथरोग,युरिक यसीड,खोकि,ज्वरो,निमुनिया,दिर्घरोगी,ग्याष्टिक,न्युराईटिस,आँखा तथा जनरल स्वास्थ्य चेकजाँच परामर्श सुविधा दिने गरिएको वलीले वताए ।

२० गते काप्रिचौरमा सञ्चालन भएको शिवीरमा वडाका सयौ जेष्ट नागरिकले सो सुविधा लिएका छन् ।

नागरिकको सुविधालाई मध्यनजर गरी र स्वास्थ्य संस्थामा हिडुल गरेर जान नसक्ने बयोवृद्धाहरुको टेवा पुगोस भन्ने हेतुले यो कार्यक्रमको आयोजना गरिएको सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के।सीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्