Logo १ माघ २०८२, बिहिबार | Thu Jan 15 2026


एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदैन : राणा


0
Shares

सोमबार भक्तपुरमा रफत सन्चार क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले संविधानअनुसार दुई वर्षसम्म वाम गठबन्धनबाट केपी शर्मा ओलीको नेतृत्वमा सरकार सन्चालन हुने निश्चित रहेपनि पार्टी एकीकरण भने नहुने बताए ।

उनले नेपाल संघीयतामा प्रवेश गरेपनि प्रान्तीय सरकारको आर्थिक भार कसरी धान्ने भन्ने कुनै योजनाबिनै अगाडि बढेकाले यसले थप समस्या निम्त्याउने बताए ।

३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा राखिएपनि अरु धेरै जिल्लालाई अपायक पर्ने देखिएकाले त्यसलाई प्रदशेसभाले अन्यत्रै सार्नसक्ने उनले उल्लेख गरे ।

विगतमा ओली नेतृत्वको सरकारसँग बिग्रिएको सम्बन्ध सुधारको प्रयास भारतीय विदेशमन्त्री सुष्मा स्वराजको हालैको भ्रमणले देखाएको र ओलीसमेत पछिल्लो समय भारतसँगको सम्बन्ध सुधारमा अग्रसर रहेको उनको भनाइ थियो ।