२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


कुकुरले टोक्दा एकैदिन १३ जना घाइते


0
Shares

बर्दिबास–१ को चोकबजार क्षेत्र र बर्दिबास–१४ को हटिया क्षेत्रमा सोमबार एकैदिन कुकुरको टोकाइबाट १३ जना घाइते भएका हुन् ।

बाटो हिँडिरहेका १३ जनालाई एउटै कुकुरले टोकेको हो । बाटो हिँडिरहेका बेला कुकुरले एक्कासि झम्टेर घाँटीभन्दा माथि टोकेर घाइते बनाएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । कुकुरले टोकेकामध्ये बढीजसो बालबालिका छन् ।

घाइतेको बर्दिबास अस्पताल, शुभस्वस्तिक अस्पताल र जनसेवा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये आठजनाको घाँटीमा निकै चोट देखिएपछि प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय, बर्दिबासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए ।

कुकुरले धमाधम एकपछि अर्कोलाई टोक्दै गएपछि बर्दिबास बजार क्षेत्रमा त्रास फैलिएको थियो । टोक्ने कुकुरलाई स्थानीयले घेरा हालेर सोमबारै मारेको प्रहरीले जनाएको छ । (रासस)