२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चार वर्षदेखि त्रिपालमूनी बाढीपीडित, यस्तो छ विजोग (भिडियो)


0
Shares

बाँके, बर्दिया, सुर्खेत र दाङका बाढीपहिरोबाट प्रभावित भएकाहरु अझै त्रिपालको सहारामा बस्न बाध्य भएका छन् ।

बाँके, बर्दिया, सुर्खेत र दाङमा बाढीपहिरोबाट विस्थापित भएकाहरु चार वर्ष पुग्दा समेत पर्नुस्थापित हुन सकेका छैनन् । रातभरी सिमसिमे पानी परे झैं पर्ने शितले थुर थुर कमाउँने गुनासो पीडितहरुको छ ।

त्रिपाल र टीनको पाता मुनिको त्यो बाध्यताको बसाईले ज्यान जोगाउनै हम्मे हम्मे परेको छ । चार वर्ष पुगि सक्दा समेत त्रिपालको ओत फेरिएको छैन ।

पुर्नस्थापनाको लागि उचित पहल नहुँदा जिल्लाका बाढीपीडितको दैनिकी कष्टकर बन्दै गएको हो ।

बाढीपीडितसँग न त चिसो भगाउने लत्ता कपडा नै छ, न त आगो बाल्ने दाउरा नै ।

चिसो बढदै जाँदा न्यानो बस्ने वासको अभावमा गुलरिया ४ तुल्सीपुरको खेलकुद मैदानमा बस्दै आएका बाढीपीडितहरु विरामी पर्न थालेका छन् ।

उनीहरु चिसाका कारण रुघाखोकी, टाउको दुख्ने, निमोनिया, स्वासप्रस्वास सम्वन्धी समस्याका साथै विभिन्न भाईरल ज्वरोले ग्रसीत हुन थालेका छन ।

चिसोका कारण ओढने ओछयाउने समेत नहुँदा शिविरमा बस्ने केटाकेटी र बृद्धबृद्धालाई धेरै समस्या परेको प्रभावितहरुको गुनासो छ ।

सरकारले बाढीपहिरो पीडितका लागि निजी घर निर्माण अनुदानसम्बन्धी बाढी आएको ३० महिनापछि माघ पहिलो साता मन्त्रिपरिषद्को बैठकवाट कार्यविधि स्वीकृत गरेको थियो ।

तर जग्गा खरिदका लागि बयाना बुझाए पनि सोही समयमा कृषियोग्य जमिन खण्डीकरण गर्नमा रोक लगाउने सरकारको नीतिका कारण प्लटिङ हुन नसकेर जग्गा पास नहुँदा झनै पीडित बन्नु परेको पीडित बताउँछन् ।

सरकारको बाढीपीडितलाई पुनस्थापना गर्ने कार्यक्रम अनुसार एकातिर जग्गा खरिद गर्न लगाउने र जग्गा खरिद गर्न लाग्दा बाधक बनेको जग्गा खण्डीकरणमा रोक लगाउने नीतिको गाठो फुकाउन नसक्दा बाढीपीडितको पुनस्थापना कार्यक्रम झनै प्रभावित भएको छ ।

सरकारी वेवास्ताका कारण चिसोमा रात बिताउन बाध्य भएको भन्दै पीडितहरुले संवेदनशील बनेर आफुहरुको पुनस्थापना गर्न सरकारसंग माग गरेका छन ।

भिडियो