
कतारमा भएको आइक्याप सम्मेलनमा सहभागी भएर स्वदेश फर्कनेक्रममा मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग उनले एमाले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यकाल फेरि नदोहोर्याउने पक्षमा रहेको दाबी गरे ।
उनले पार्टीमा महत्वपूर्ण योगदान गरेका धेरै विशिष्ट व्यक्ति रहेकाले कसैको व्यक्तिगत इच्छा पूरा गर्न नसकिने बताए ।
पार्टीले जिम्मेवारी दिए आफू राष्ट्रपति बन्ने संकेत खनालको थियो ।
उनले भारतीय विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणले दुई देशको सम्बन्ध बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने पनि बताए ।
प्रतिक्रिया दिनुहोस्