सुमार्गीले विदेशबाट ल्याएको दुई अर्ब बढी रकम नरोक्न सर्वोच्चको अन्तरिम आदेश • Image Khabar Image Khabar


सुमार्गीले विदेशबाट ल्याएको दुई अर्ब बढी रकम नरोक्न सर्वोच्चको अन्तरिम आदेश


Imagekhabar
२३ माघ २०७४, मंगलवार १८:३७

सुमार्गीले विदेशबाट ल्याएको दुई अर्ब बढी रकम नरोक्न सर्वोच्चको अन्तरिम आदेश

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले मंगलबार सुमार्गीको नेपाल स्याटलाइट कम्पनीको नाममा ल्याएको र नेपाल इन्भेस्टमेन्ट बैंकमा रोकिएको दुई अर्ब १४ करोड रुपैयाँ नरोक्न नेपाल राष्ट्र बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको हो ।

रकम पुनः विदेश लैजान नपाउने र सम्पत्ति शुद्धीकरणमा असर नपर्नेगरी रकम छाडिदिन आदेशमा भनिएको छ ।

रकम रोक्दा सुमार्गीको उद्योगमा नकारात्मक असर परेको भन्दै सर्वोच्चले रकम रोक्नुपर्ने कुनै कारण नदेखिएको ठहर पनि गरेको छ ।

सुमार्गी र उनी संलग्न कम्पनीहरुले कर ‘फ्री’ भएका विभिन्न मुलुकबाट अर्बौं रकम भित्र्याएपछि तत्कालीन गभर्नर डा. युवराज खतिवडाको निर्देशनमा राष्ट्र बैंकले दुई अर्ब बढी रकम रोकिदिएको थियो । जुन रकम अहिले पनि विभिन्न बैंकमा थन्किएको छ ।

रोक्का रकम फुकुवाको माग गर्दै गत आइतबार सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको थियो ।

सर्वोच्चले रकम रोकिएको विषयमा छलफल गर्न आगामी फागुन २ गते दुवै पक्षलाई अदालतमा उपस्थित गराउनसमेत आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्