१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कैलालीमा ट्राफिक जनचेतना


0
Shares

सो अवसरमा प्रदेश नम्बर–७ का प्रहरी प्रमुख माधवप्रसाद नेपालले सवारी दुर्घटना न्यूनीकरणलाई रोक्न ट्राफिक प्रहरीकोमात्र नभइ चालक, यात्री र सर्वसाधारणको पनि भूमिका महत्वपूर्ण रहेको बताए ।

इलाका प्रहरी कार्यालय टीकापुर र नेपाल स्काउट टीकापुरको सहयोगमा गरिएको कार्यक्रममा प्रहरी प्रमुख नेपालले पछिल्लो समय नेपालमा ४० प्रतिशत पैदलयात्रीको सवारी दुर्घटनामा ज्यान जाने गरेको दाबी गरे ।

दुर्घटनाको प्रमुख कारण लागुऔषध दुर्व्यसनी भएको भन्दै उनले यसको न्यूनीकरण अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गरे ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले मानवीय, प्राकृतिक र यान्त्रिक कारणले हुने सवारी दुर्घटना न्यूनीकरणका लागि सबैले सक्दो सहयोग गनुपर्ने बताए ।

उनले पछिल्लो समय कैलालीमा हुस्सुका कारण दुर्घटना बढेको पनि बताए ।

सो अवसरमा प्रदेश प्रहरी प्रमुख नेपाल र स्काउट टीकापुरका विद्यार्थीहरुले सडकमै गएर सवारीचालकहरुलाई सडक नियमको पूर्णरुपमा पालना गर्न सुझाएका थिए ।