सोलखुम्बुमा दुई दिनदेखि हवाई सेवा अवरुद्ध • Image Khabar Image Khabar


सोलखुम्बुमा दुई दिनदेखि हवाई सेवा अवरुद्ध


Imagekhabar
२३ माघ २०७४, मंगलवार १९:०७

सोलखुम्बुमा दुई दिनदेखि हवाई सेवा अवरुद्ध

मौसममा आएको परिवर्तनसँगै सोमबारदेखि कुनैपनि उडान नभएको नेपाल नागरिक उड्डयन कार्यालय फाप्लुका प्रमुख अमितकुमार चौरसियाले जानकारी दिए ।

लगातार हावा चलिरहँदा सोमबार तारा एअलाइन्सको एउटा उडान तथा मंगलबार तारा, समिट र नेपाल एअरलाइन्सको एक/एक उडान रद्द भएको हो ।

उडान रद्द भएपछि अलपत्र बनेका यात्रीहरु कोही सडक यातायातबाट गन्तव्यतिर लागेका छन् भने केही उडानको पर्खाइमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्