१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


तालिवानीको चेतावनीपछि ‘लिटिल मेसी’को परिवारले देश छाड्यो


0
Shares

काठमाडौं । तालिवानी विद्रोहीको चेतावनीपछि अफगानिस्तानमा ‘लिटिल मेसी’को नामले परिचित मुर्जता अहमेदीको परिवारले देश छाडेको छ ।

तालिवानले अफगानिस्तानको राजधानी काबुलको एक सानो ठाँउमा बसिरहेका लिटिल मेसी भनेर चर्चा कमाएका मुर्तजा अहमेदीको परिवारलाई मार्ने धम्की दिएपछि देश छोडेका हुन् ।

सन् २०१६ मा मेसीको नाम र नम्बर लेखेर प्लास्टिकको जर्सी लगाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी निकै चर्चामा आएका थिए ।

७ वर्ष पुगेका मुर्तजाको परिवारले तालिवानको धम्कीका कारण आफूहरु गाउँमा पनि सुरक्षित नभएको बताएका छन् । जसका कारण उनीहरु त्यो ठाँउमा प्रतिबन्धित हुनसक्ने अवस्था आएको बताए ।

सन् २०१६ मा उनीहरु पाकिस्तानमा केही समयका लागि शरणार्थीका रुपमा बसेका थिए, तर आर्थिक अभाव भएपछि उनीहरु स्वदेश फर्किएका थिए ।

आफ्नो ड्रिम हिरोको नामको प्लास्टिकको जर्सि लगाएर चर्चा कमाएका मुर्तजा ५ बर्षको हुँदा अन्तराष्ट्रिय स्तरमा नै भाइरल भएका थिए ।

जसका कारण पछि उनले मेसीलाई पनि भेट्ने मौका पाए । सोसल मिडियामा निकै चर्चा भएपछि उनलाई मेसीले आफ्नो नामको र साइन गरेको टिसर्ट पठाएका थिए ।

त्यसपछि कतारको दोहामा मैत्रीपूर्ण खेलका लागि गएका बेला सन् २०१६ मा मेसीले उनलाई भेट्न बोलाएका थिए । मेसीको हात समातेर उनी मैदानमा समेत हिँडेका थिए ।(एजेन्सी)