२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


नेपाली चेली हेमानन्द गिरी हिन्दूधर्मको सर्वोच्च पद शंकराचार्य बन्न सफल


52
Shares

भारतीय साधुहरुको संगठन भारत धर्म महामन्डल र कासी विद्वत परिषदले हेमानन्दलाई शंकराचार्यमा छनोट गरेको हो ।

उनले अब भारत, उत्तराखन्डमा रहेको शंकराचार्य ज्योर्तिमठ बद्रीका आश्रमको नेतृत्व गर्नेछिन् ।

शंकराचार्य परम्परा सुरु भएको १२ सय वर्षको इतिहासमा पहिलोपटक महिलालाई शंकराचार्य चयन गरिएको हो ।

५० वर्षीया साधवी हेमानन्द गिरी २००० प्रतिस्पर्धीलाई उछिन्दै शंकराचार्य बनेकी हुन् । नागा अघोर परम्पराबाट दीक्षित हेमानन्द गिरी झापाको गौरीगन्जस्थित वैदिक सूर्य शिवालय मठकी प्रमुखसमेत हुन् ।

६ वर्षको उमेरदेखि नै धार्मिक निष्ठामा बसेर कार्य गर्दै आएकी उनले नेपालबाट स्नातक तहको अध्ययन पूरा गरेकी छन् । (एजेन्सी)