
राजमार्ग विस्तार गरेर ६ लेनको बनाइएपछि स्थानीयले आफ्नै खर्चमा आसपासका क्षेत्रमा विभिन्न फूल तथा विरुवा रोपेर रंगीन बनाएका हुन् ।
सिक्सलेनको निर्माण पूरा भएको बुटवलको योगीकुटी देखि मणीग्रामसम्मको ५ किलो मिटर क्षेत्रमा नगरबासी र संघ संस्थाले बिभिन्न प्रजातिका फुल, विरुवा रोपेका छन् ।
तिलोत्तमा नगरपालिकाको हरीयाली सडक अभियानअन्र्तगत दुवै छेउका डिभाईडरमा धुपी, गोदावरी सयपत्रीलगायतका फुल रोपिएको छ ।
नगरपालिकाले सुरु गरेको यो अभियानले अन्य क्षेत्रका समुदायलाई समेत प्रेरणा मिल्ने नगर प्रमुख वासुदेव घिमिरे बताउँछन् ।
नगरपालिकाले स्थानीयलाई क्षेत्र छुट्टाएर हरियाली वनाउने जिम्मा दिएको छ । नगरको यो अभियानलाई स्थानीय, पुष्प व्यवसायी र अन्य संघ संस्थाले सघाएका छन् ।
सडक छेउमा तारबार गरी सुन्दरता बढाउन स्थानीयबीच प्रतिस्पर्धा नै चलेको छ भने नगपालिकाले पनि उत्कृष्ट हरियाली बनाउने स्थानीयलाई पुरस्कृत गर्न थालेको छ ।
रंगीचंगी फुल विरुवाले फराकिलो नमुना सिक्सलेन सडकलाई अझबढी सुन्दर र मनमोहक बनाएको मात्रै छैन यसले तिलोत्तमा नगरको छुट्टै पहिचान बनाएकोमा स्थानीय समेत खुसी छन् ।
सडकको किरानको डिभाइडरमा रंग लगाएर चिटिक्क पारिएको छ भने सडकको बीचमा सोलार बत्ती राखिएको छ ।
आफ्नो घरअगाडीको सडकलाई हरियाली सुन्दर बनाउन तिलोत्तमाबासीले गरेको प्रयास र सफलताबाट अरुले पनि सिक्न सके राजमार्ग र हरेक सडक सफा सुग्घर र सुन्दर हुनेमा दुई मत छैन ।
प्रतिक्रिया दिनुहोस्