ट्रकसँग ठोक्किएर दूध बोक्ने ट्यांकर त्रिशुली नदीमा खस्यो, दुई जनाको मृत्यु • Image Khabar Image Khabar


ट्रकसँग ठोक्किएर दूध बोक्ने ट्यांकर त्रिशुली नदीमा खस्यो, दुई जनाको मृत्यु


Imagekhabar
२५ माघ २०७४, बिहीबार १०:०३

ट्रकसँग ठोक्किएर दूध बोक्ने ट्यांकर त्रिशुली नदीमा खस्यो, दुई जनाको मृत्यु

नारायणगढबाट काठमाडौंतर्फ आउँदै गरेको बा ४ ख ६९५३ नम्बरको दूधको ट्यांकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

मृतकमध्ये चालक नवलपरासीका सन्तकुमार कुमालको मात्र सनाखत भएको छ ।

ट्यांकर सडकबाट करिव १ सय मिटर तल खसेको र पानीमा थोरै भाग देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ट्रक सडकको कुनातर्फको नालीमा खसेको छ । शसस्त्र प्रहरी र जनपथ प्रहरीको सहयोगमा शव निकालिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्