
सिमसार क्षेत्रमै पानीको मात्रा कम हुँदै गएपछि चिन्तित बनेका स्थानीयले संरक्षण अभियान सुरु गरेसँगै पर्यटकको संख्या पनि बढ्न थालेको हो ।
पानीको मात्रा घट्दै गएपछि चिन्तित विभिन्न धर्मावलम्वीले नै संयुक्त पूजाआजा गरेपछि पानीको सतह बढ्न थालेको माइपोखरीका पूजारी सिताराम पौडेलले जानकारी दिए ।
नौ कुना रहेको माइपोखरीलाई नवदुर्गाका रुपमा लिइने गरिन्छ ।
धार्मिक तथा पर्यटकीय गन्तब्यका रुपमा रहेको माइपोखरीमा हिउँदको समयमा दैनिक सयौंको संख्यामा पर्यटक पुग्ने गरेका छन् ।
माइपोखरीमा पूजा गर्न र सो क्षेत्रको दृष्यावलोकन गर्न आन्तरिक तथा वाह्य पर्यटक पुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्