अनौठो द्वीप, जहाँ महिलालाई मात्र जान अनुमति छ • Image Khabar Image Khabar


अनौठो द्वीप, जहाँ महिलालाई मात्र जान अनुमति छ


Imagekhabar
२५ माघ २०७४, बिहीबार १०:१५

अनौठो द्वीप, जहाँ महिलालाई मात्र जान अनुमति छ

‘सुपर शी’ नाम दिइएको सो द्वीपमा अमेरिकी लगानीकर्ताले विशेष रिसोर्ट बनाउँदैछन् । हेलसिंकी द्वीप समूहमा रहेको उक्त द्वीपमा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ ।

८.४ एकड क्षेत्रफलमा रहेको सो द्वीपमा आधुनिक स्पा, योगा कक्ष र खाना पकाउने कलासम्बन्धी कक्षासमेत रहने बताइन्छ ।

अमेरिकाको यस्तै एक पर्यटकीय क्षेत्रमा पुरुषहरु महिला आगन्तुकका लागि व्याकुल भएको आफूले पाएपछि महिलाका लागि मात्रै विशेष प्रकारको रिसोर्ट बनाउने सोच आएको अमेरिकी लगानीकर्ता क्रिश्टिना रोथले बताइन् ।

अनौठो द्वीप, जहाँ महिलालाई मात्र जान अनुमति छ

उनले पुरुषमाथि भेदभाव गर्ने आफ्नो कुनै नीति नरहेको पनि प्रष्ट पारिन् । सुरुमा अन्य मुलुकमै यस प्रकारको रिसोर्ट संचालनमा ल्याउने योजना आफूले बनाएर जग्गासमेत खरिद गरिसकेको भए पनि फिनल्याण्डसँगको आत्मीयताका कारण आफूले यो द्वीपमा नै निर्माण गर्ने निधो गरेको उनको भनाइ थियो ।

पुरुषका कारण सार्वजनिक स्थलमा खुलेर बस्न नपाउने तथा उकुसमुकस महसुस गर्ने महिलाका लागि यो स्थान छुट्टी मनाउनका लागि उपयुक्त हुने विश्वास आफूले लिएको रोथ बताउँछिन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्