
माओवादी केन्द्र प्रदेश नम्बर–१ का संयोजक सावित्रीकुमार काफ्लेले बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आङबुहाङलाई सर्वसम्मत् दलको नेतामा चयन गरिएको बताए ।
त्यस्तै, पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्नका लागि इन्द्र हाङ्बो (पाँचथर)लाई पनि सर्वसम्मत् चयन गरिएको छ ।
प्रदेश नम्बर–१ का ९३ सांसदमध्ये माओवादी केन्द्रका १५ सांसद छन् । उदयपुरबाट माओवादी केन्द्रको सहयोगमा निर्वाचित नारायणबहादुर मगरको पनि पार्टीमा समर्थन रहेको संयोजक काफ्लेले बताए ।
प्रदेश नम्बर–१ का इन्चार्ज गोपाल किराँतीले ‘पार्टीभित्र विचार र संघर्ष हुनु स्वाभाविक हो’–भने । रासस
प्रतिक्रिया दिनुहोस्