आपचौर खरवाङ्गको जंगलमा आगलागी, बस्ती जोखिममा • Image Khabar Image Khabar


आपचौर खरवाङ्गको जंगलमा आगलागी, बस्ती जोखिममा


Imagekhabar
२६ माघ २०७४, शुक्रबार १०:१३

आपचौर खरवाङ्गको जंगलमा आगलागी, बस्ती जोखिममा

कुर्घाको मालिकाबाट तिम्ले खर्कहुँदै फैलिएको आगो झण्डै १५ किलोमिटर नीजि खरबारी हुँदै जंगलबाट आपचौरको खरवाङ्ग जंगलसम्म पुगेको हो । आगलागीबाट बस्तीसमेत जोखिममा परेको स्थानीय अर्जुन अर्यालले जानकारी दिए ।

उनका अनुसार बिहीबार दिउँसोबाट लागेको आगो आपचौरको बस्ती नजिकै पुगेकाले अहिले नियन्त्रणमा लिने प्रयास भइरहेको छ । बिहानैबाट स्थानीयले आगो निभाउने प्रयास गरे पनि झण्डै ४ किलोमिटर फैलिएको र केही भाग भिरसमेत भएकाले नियन्त्रणमा लिन कठिनाई भएकोले अर्यालले बताए ।

जंगलबाट नजिकै बसोबार गर्दै आएका २५ घरधुरी आगलागीको जोखिममा रहेको बताइएको छ ।

स्थानीयवासीले आगालागी नियन्त्रणको प्रयास गरे पनि सुकेको खर भएकाले आगो निभाउन कठिनाई भएको छ । आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली बिहानै घटनास्थलतर्फ लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्