युवती बनेर फेसबुकमार्फत भारतीय वायुसेनाका ग्रुप क्याप्टेनलाई यसरी फसाए जासुसले • Image Khabar Image Khabar


युवती बनेर फेसबुकमार्फत भारतीय वायुसेनाका ग्रुप क्याप्टेनलाई यसरी फसाए जासुसले


Imagekhabar
२६ माघ २०७४, शुक्रबार ११:०२

युवती बनेर फेसबुकमार्फत भारतीय वायुसेनाका ग्रुप क्याप्टेनलाई यसरी फसाए जासुसले

भारतीय संचारमाध्यमका अनुसार पाकिस्तानी गुप्तचर एजेन्सी ‘आइएसआइ’ का लागि जासुस गर्दै आएको समूहले भारतीय वायुसेनाका अधिकारीलाई फेसबुकमार्फत जालमा पारेर गोपनीय दस्तावेज हासिल गरेको हो ।

अरुण मारवाह नाम गरेका भारतीय वायुसेनाका ती ‘ग्रुप क्याप्टेन’माथि करिब १० दिन लामो अनुसन्धान गरी यो तथ्य प्रकाशमा आएको अधिकारीहरुको भनाइ छ । उनलाई बिहीबार हिरासतमा लिइएको छ ।

प्राप्त विवरणअनुसार गत वर्ष डिसेम्बरमा दुईवटा नक्कली प्रोफाइलमार्फत मारवाहसँग जासुसले सम्पर्क गरेका थिए । ती दुवै प्रोफाइल युवतीको नाममा थिए । उनीहरुले आफूलाई मोडल बताउँदै आएका थिए ।

मित्रता बढ्दै जाँदा मारवाहले उनीहरुसँग अन्तरङ्ग वार्ता गर्न थालेका थिए । एक साताभन्दा लामोसमय यसरी अन्तरङ्ग वार्ता भएको बताइन्छ ।

पछि उनीहरुले मारवाहसँग वायुसेना मुख्यालयमा रहेका महत्वपूर्ण दस्तावेजका तस्वीर मागेको र मारवाहले आफ्नो मोबाइलमार्फत उनीहरुलाई त्यस्ता दस्तावेज उपलब्ध गराएको भारतीय अधिकारीहरुको दावी छ ।

केही तालिम र युद्धसम्बन्धी तयारीका विविध जानकारीसमेत उनले उपलब्ध गराएको बताइन्छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्