२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चोरीका तीन मोटरसाइकलसहित चोर पक्राउ


0
Shares

पक्राउ पर्नेमा विराटनगर–२ का निशल भण्डारी र कटहरी गाउँपालिका– १ का वासु राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

मोरङका प्रमुख उपरीक्षक अरुणकुमार विसीले गत मंसिर २३ गते नेपाल टेलिकम कार्यालयको प्राङ्गणबाट चोरी भएको को५प ९६०५ नम्बरको मोटरसाइकलमा को५प १२४२ नक्कली नम्बर राखि चलाउँदै आएको अवस्थामा र माघ १९ गते स्थानीय जैन भवन अगाडि पार्किङ गरिराखिएको अवस्थामा चोरी भएको को२३प ८८५ नम्बरको मोटरसाइकल लुकाइ राखेको अवस्थामा प्रहरीले फेला परेको बताए ।

पक्राउ गरिएका अभियुक्तविरुद्ध चोरीको मुद्दा दर्ता गराएर म्याद थप गरिएको प्रहरी उपरीक्षक विसीले जानकारी दिए ।

बरामद भएको दुई मोटरसाइकलका धनी सम्पर्कमा आए पनि अन्य एक मोटरसाइकलका धनी सम्पर्कमा नआएको उनले बताए । 

हालसम्म विभिन्न ठाउँबाट ५२ वटा मोटरसाइकल चोरी भएकोमा ६ वटा बरामद गरिएको र १२ जना अभियुक्तलाई पक्राउ गरी कारबाही चलाइएको पनि प्रहरीले जनाएको छ । (रासस)