२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पूर्वप्रधानमन्त्री सुशील कोइरालाको दोस्रो स्मृति दिवस मनाइँदै


0
Shares

२०७२ साल माघ २६ गते निधन भएका उनी नेपाली राजनीतिमा सरल र सादगी नेताका रुपमा चिनिन्थे । २०६७ भदौ २५ गतेदेखि नेपाली कांग्रेसको सभापति भएका कोइराला २०७० माघ २७ गते संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

कोइरालाकै कार्यकालमा नेपालको नयाँ संविधान जारी गरिएको हो । तत्कालिन परिस्थितिमा संविधान जारी गर्ने विषयमा भएका अनेकानेक दबाबका बीच उनले गणतन्त्र नेपालको संविधान जारी गर्ने महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

२०७२ असोज २३ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएका कोइराला नेपालका ३७औं प्रधानमन्त्री हुन् ।