
लागुपदार्थ सेवनबाट युवाहरु बिग्रँदै जाँदा समाजमा नकारात्मक असर परेपछि यस्तो अभियान सुरु गरिएको हो ।
कपिलवस्तुका विभिन्न इलाका प्रहरी कार्यालयअन्तर्गत् लागुऔषध तथा दुर्व्यसन नियन्त्रण तथा सचेतना समिति गठन गरिएको छ ।
समितिले जनचेतनामूलक कार्यक्रम, अभिमुखीकरण, सडकनाटक र जनप्रतिनिधिलाई प्रशिक्षण सन्चालन गर्ने बताइएको छ ।
५ नम्बर प्रदेशअन्तर्गत् कपिलवस्तु, रुपन्देही र नवलपरासीमा लागुऔषध नियन्त्रणमा सीधा अभियान थालिएको हो ।
लागुऔषध नियन्त्रण तथा सचेतनाका लागि सीधा अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।
कपिलवस्तुको भारतसँग जोडिएका सीमा क्षेत्रमा हुने लागुऔषधको कारोबार नियन्त्रण गर्न र सचेतना जगाउन सो सचेतना समितिले काम गर्ने बताइएको छ ।
जिल्लाका विभिन्न नाकामा लागुऔषध नियन्त्रणमा कुकुरद्वारा अनुसन्धान गर्नेसमेत योजना रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्