१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


माइखोलामा ४० वर्षदेखि एक्लो जीवन बिताउँदै आएका दोर्जेलाई सहयोग


0
Shares

उनले सिरक, डस्ना, सिरानी, चामल, तेल, साबुन लगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।

गत माघ २१ गते इमेज खबर डटकम मा ‘बगरमै बित्दैछ दोर्जेको जीवन : बगरमै कमाउँछन् मासिक १२ सय’ शीर्षकमा समाचार प्रकाशन भएपछि दोर्जेको बारेमा थाहा पाएका अधिकारीले शुक्रबार दोर्जेकै निवास माइखोलामा इमेजकर्र्मी लगायतका सञ्चारकर्र्मी र स्थानीयको उपस्थितिमा राहत सामाग्री हस्तान्तरण गरेका हुन् । राहत पाएपछि खुसी हुँदै दोर्जेले अधिकारीलाई यसैगरी गरिब र असहायलाई दिइरहन पुगोस् भन्दै आशिर्वाद दिएका थिए ।

विभिन्न संघसंस्थामा संलग्न अधिकारीले दोर्जेजस्ता धेरैलाई सहयोग गरिसकेको बताए । उनले सञ्चारमाध्यमबाट नै दोर्जेको कहालीलाग्दो जीवन कहानी पढेपछि प्रभावित भएर आफूले सहयोग गरेको बताए ।

७७ वर्षीय दोर्जे माइखोलाको किनारामा गिट्टी र बालुवा चालेरै जीविकोपार्जन गरिरहेका छन् । परिवार र आफन्त कोही नभएका उनी पाको शरीर थर्थर काप्दै भएपनि बिहान–बेलुकाको छाक टार्न काममा तल्लिन छन् । घर–जग्गासमेत नभएका उनलाई ओत लाग्नका लागि स्थानीयहरुले सानो छाप्रो बनाइदिएका छन् ।

यो पनि हेर्नुहोस्

बगरमै बित्दैछ दोर्जेको जीवनः बगरमै कमाउँछन् मासिक १२ सय