
दुबै मिर्गौला फेल भएर उपचार गराइरहेकी परियारलाई प्रथम दलित सगरमाथा आरोही विजय घिमिरे प्रतिष्ठान र लौरश्वर दलित युवा समाज तिङला सोलुखुम्बुकोे संयुक्त पहलमा सोलुखुम्बुमा सङ्कलन गरिएको ५३ हजार २५० रुपैयाँ रकम हस्तान्तरण गरिएको छ ।
राजधानीको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उपचार गराइरहेकी परियारको उपचारमा थप मद्दत पुगोस् भनेर पीडितका बुबा नारायणबहादुर दर्जीलाई रकम हस्तान्तरण गरिएको दलित समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने विजय घिमिरे विश्वकर्मा र लौरश्वर दलित युवा समाज सोलुखुम्बुका अध्यक्ष नीरकुमार नेपालीले बताए ।
जलजलाको उपचारमा करिब २५ लाख रुपैयाँ लाग्ने भएकाले सहयोग जुटाउन पहल भइरहेको हो । सानो सहयोगले एउटा कलाकारको ज्यान बचाउन सकिन्छ भनेर रकम सङ्कलन गरी पठाइएको उनीहरुको भनाइ छ ।
अर्घाखाँची ढाकावाङ–८ निवासी २१ वर्षीया जलजला परियार नेपाली तारा सिजन–३ को उत्कृष्ट ४ सम्म पुगेकी थिइ भने रेडियो नेपालद्वारा आयोजित देशव्यापी गायन प्रतियोगितामा दोस्रो भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्