१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


हराएकी युवती भारतमा फेला परिन्


0
Shares

पाँच दिनअघि माघ २३ गते घरबाट साथीलाई भेट्न जान्छु भनेर हिँडेकी उनी बाटो बिराउँदा भारतमा पुगेकी थिइन् ।

परिवारजनले लक्ष्मी घर नआउँदा प्रहरीलाई खबर गरेका थिए ।

तत्कालै इलाका प्रहरी कार्यालय दोधाराका प्रहरी निरीक्षक नरेन्द्र चन्दको टोलीले खोजबिन गर्दै जाँदा लक्ष्मीलाई भारतको नानकमातामा फेला पारेको हो ।

फेला परेकी लक्ष्मीको उद्वार गरी परिवारको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । रासस