
निर्वाचन प्रक्रियामा श्रेष्ठकोमात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
मनोनयनका लागि दिइएको समयभित्र उनकोमात्र उम्मेदवारी परेको ३ नम्बर प्रदेशसभा सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
श्रेष्ठको प्रस्तावक नेकपा माओवादी केन्द्रका सालिकराम जमरकट्टेल र समर्थक नेकपा एमालेका रामेश्वर फुँयाल रहेका थिए ।
निर्विरोध निर्वाचित सभामुख श्रेष्ठ काठमाडौं महानगरपालिका–३२ कोटेश्वर निवासी हुन् । रासस
प्रतिक्रिया दिनुहोस्