त्रिशूलीमा जिप खस्दा सिँचाइ सचिवसहित दुईजनाको मृत्यु, एक बेपत्ता, गोताखोर घाइते • Image Khabar Image Khabar


त्रिशूलीमा जिप खस्दा सिँचाइ सचिवसहित दुईजनाको मृत्यु, एक बेपत्ता, गोताखोर घाइते


Imagekhabar
२७ माघ २०७४, शनिबार १७:०३

त्रिशूलीमा जिप खस्दा सिँचाइ सचिवसहित दुईजनाको मृत्यु, एक बेपत्ता, गोताखोर घाइते

कपिलवस्तुबाट काठमाडौं जाँदै गरेको बा२झ ३१४० नम्बरको जिप शनिबार बिहान पृथ्वी राजमार्गअन्तर्गत् धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–३ सलाङघाटस्थित त्रिशूलीमा खसेको थियो ।

जिप खस्दा सचिव यादवसँगै जिपमा रहेका १५ वर्षीया उन्नति गुप्ताको मृत्यु भएको छ । सचिव यादवका २२ वर्षीय छोरा सन्तोष अझै बेपत्ता छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र उद्धारमा खटिएका स्थानीयले त्रिशूलीमा खसेको जिपलाई बाहिर निकालेका छन् ।

घाइते गाडी चालक निरन्जन यादवको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनाको समयमा जिप सचिव यादवले नै चलाएको पाइएको प्रहरीले जनाएको छ ।

त्रिशूलीमा हराइरहेकाको खोजीका लागि गएका सशस्त्र प्रहरी विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारका गोताखोर तारानाथ चापाइँ पानीमा डुबेर घाइते भएका छन् ।

उनको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौ लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्