४ असार २०८२, बुधबार | Wed Jun 18 2025


किमले दिए दक्षिण कोरियाली राष्ट्रपतिलाई उत्तर कोरिया भ्रमणको निम्तो


0
Shares

दक्षिण कोरियाको सोलस्थित राष्ट्रपति भवनमा राष्ट्रपति मुन र उत्तर कोरियाली नेता किमकी बहिनी किम यो जोङबीच भएको भेटमा हस्तलिखित उक्त निम्तो दिइएको हो ।

दक्षिण कोरियाली राष्ट्रपति कार्यालयका प्रवक्ताले किमको पत्रमा छिटोभन्दा छिटो भ्रमण गर्न आग्रह गरिएको जनाएका छन् ।

नेता किम जोङ उनकी बहिनी किम यो जोङ दक्षिण कोरियामा शीतकालीन ओलम्पिक सुरु हुनुअघि मुनलाई भेट्न सोल पुगेकी थिइन् ।

किम यो जोङ र उत्तरका आलंकारिक राष्ट्राध्यक्ष मि जोङ नामले ओलम्पिकको अवसरमा दक्षिण कोरियाको भ्रमण गरेका हुन् । यो सन् १९५० को कोरियाली युद्वपछिकै उच्चस्तरीय भ्रमण हो ।

तर, अमेरिकाले उत्तर कोरियासँग नअल्मलिन दक्षिण कोरियालाई चेतावनी दिइरहेको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मुनले दुई कोरियाली नेताबीच वार्ता हुनुपर्ने र उत्तरलाई अमेरिकासँगको वार्तामा फर्काउन प्रोत्साहित गर्नुपर्ने बताएका छन् ।

मुनले उत्तर कोरिया भ्रमण गरे उक्त भ्रमण दुई कोरियाली नेताबीचको दशकयताकै पहिलो हुनेछ । (एजेन्सी)