
स्थानीय धनबहादुर मोक्तानको घरमा शनिबार दिउँसो आगोलागी हुँदा उनकी ६ वर्षीया छोरी अस्मिता मोक्तान तथा छिमेकी वीरबहादुर मोक्तानका सात वर्षीया छोरी रिपोला मोक्तान र तीन वर्षीया मंगली मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
घरमा ती बालिकामात्र भएकाबेला आगोलागी भएको र उनीहरुको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगोलागीबाट घरमा भएका सरसामानसमेत जलेर नस्ट हु्ँदा रु तीन लाख बराबरको क्षति भएको छ । रासस
प्रतिक्रिया दिनुहोस्