१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


इजरायलले थाल्यो सिरियामा भीषण हवाई आक्रमण


0
Shares

सीमा क्षेत्रमा बढेको हिंसाप्रति अमेरिका र रूसले भने चिन्ता व्यक्त गरेका छन् ।

इजरेली प्रतिरक्षा बल आइडिएफका प्रवक्ता जोनाथन कनरिकसले दमास्कस नजिकैका सैन्य अखडामा हवाई आक्रमण गरिएको बताए ।

निशाना बनाइएका १२ वटा अखडामा ८ वटा इजरायली विमानलाई गोली हान्ने सिरियाली सैन्य केन्द्र तथा चार वटा सिरियास्थित इरानी अखडा रहेको उनको भनाइ छ ।

सिरियाले शनिवार इजरायली लडाकु विमानलाई गाली हानी जमीनमा खसालेपछि इजरायलले जवाफी आक्रमण गरेको जनाएको छ ।

इजरायलको पछिल्लो आक्रमण सन् १९८२ मा लेबनानी युद्धका बेला भएको आक्रमणपछिको सबैभन्दा महत्वपूर्ण भएको इजरायल हवाई फौजका वरिष्ठ अधिकारी टोमर बारको भनाइ छ ।

एउटा इरानी ड्रोन आफ्नो भूभागमा प्रहार गरिएपछि एफ–१६ लडाकु विमानले आक्रमण गर्दा सिरियाले गोली हानी उक्त विमान खसालेकाले जवाफमा उत्रनु परेको इजरायलको भनाइ छ ।(एजेन्सी)