Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त रुपमा सरसफाई


0
Shares

कैलाली र कञ्चनपुरसँग जोडिएको पुनर्वास नगरपालिका वडा नं. १० को डोके बजार आसपासको दशगजा क्षेत्र तथा डोके बजारमा सशस्त्र सीमा सुरक्षा कार्यालय कैलाली, त्रिनगर प्रहरी चौकी र भारतीय सीमा सुरक्षा बल एसएसबीले संयुक्त रुपमा सरसफाई गरेका हुन् ।

सरसफाई कार्यक्रममा स्थानीय बजार व्यवस्थापन समिति र सुरक्षाकर्मीको सहभागिता थियो । सीमामा रहेको बजारमा दुर्गन्ध बढ्दै गएपछि सरसफाई गरिएको सशस्त्र सीमा सुरक्षा कार्यालय बिओपीका प्रहरी निरीक्षक हर्क साउदले जानकारी दिए ।