म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुईजना घाइते • Image Khabar Image Khabar


म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुईजना घाइते


Imagekhabar
२८ माघ २०७४, आईतवार १८:३४

म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुईजना घाइते

बेनीदेखि शिख जाँदै गरेको ग१ज ५७६० नम्बरको बोलेरो बेनी–जोमसोम सडकखण्डअन्तर्गत रिठाबोटमा सडकबाट करिब १०० मिटर तल कालीगण्डकी नदीको किनारमा खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा जिल्ला अस्पतालमा निधन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए ।

मृत्यु हुनेमा बोलेरो चालक म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ का भूपिन पुन र यात्रु शिखकै रितु तिलिजा पुन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी घाइते अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेकी कल्पना गर्वुजा र पोखरा अर्चलबोट बस्ने दीपा पुनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ ।

जीपमा चालकसहित पाँचजना सवार रहेको घाइतेले बताए पनि अहिलेसम्म एक जनाको अवस्था पत्ता लाग्न नसकेको घटनास्थलमा पुगेका प्रहरी नायब निरीक्षक मीनबहादुर थापाले जानकारी दिए ।

दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरीद्वारा घाइतेको उद्धार गरिएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्