रुसमा विमान दुर्घटना, सबै यात्रुको मृत्यु भएको आशंका • Image Khabar Image Khabar


रुसमा विमान दुर्घटना, सबै यात्रुको मृत्यु भएको आशंका


Imagekhabar
२८ माघ २०७४, आईतवार २०:५१

रुसमा विमान दुर्घटना, सबै यात्रुको मृत्यु भएको आशंका

रुसी अधिकारीहरुका अनुसार ७१ जना सवार सो विमान आकाशमै आगो लागेर खसेको प्रत्यक्षदर्शीले जनाएका छन् । दुर्घटना कसरी भयो भन्ने प्रष्ट हुन सकेको छैन ।

दुर्घटनास्थलमा उद्धारकर्मीको टोली पठाइएको छ ।

सारातोभ एयरलाइन्सको विमान राजधानी मस्कोबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा रहेको अर्गुनोभो गाउँमा दुर्घटना भएको हो ।

हिउँ भएको क्षेत्रमा विमानका टुक्रा छरिएको तस्वीर सार्वजनिक गरिएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्