२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चितवनमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु


0
Shares

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान करिब १ बजेको समयमा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका भारत, बिहारका अन्दाजी ५० वर्षीय विद्यानन्द झाको उपचारका क्रममा मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको खैरहनी नगरपालिका–१ ज्यामिरेमा पूर्वबाट आउँदै गरेको ना२च ४१२६ नंको एम्बुलेन्सले उनलाई ठक्कर दिएको थियो । जनकपुरबाट काठमाडौं जाँदै गरेको ना६ख १२३३ नंको बसमा सवार यात्रु झा गाडी रोकेर पिसाब फेर्न जान लाग्दा एम्बुलेन्सले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

बाटो काटेर जाने क्रममा राति १ बजे एम्बुलेन्सको ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा बिहान २ः२० बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शवलाई भरतपुर अस्पतालमा राखिएको छ भने एम्बुलेन्स चालक नियन्त्रणमा छन् । (रासस)