
महाशिवरात्री पर्वका लागि भन्दै देश/विदेशबाट साधुसन्तहरुसमेत पशुपतिनाथ मन्दिरमा जम्मा भइसकेका छन् ।
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्री पर्वको तयारी तामझामका साथ गरेको छ ।
महाशिवरात्रीमा पशुपतिनाथको दर्शन र पूजा गर्न आउने भक्तजनको सुविधाका लागि ट्राफिक व्यवस्थापन, आवास, भोजन, सरसफाई, स्वास्थ्य शिविरलगायतको व्यवस्था पूरा गरिसकेको छ ।
महाशिवरात्रीका लागि भन्दै पशुपतिनाथ मन्दिरमा देश/विदेशबाट साधुसन्त भेला भएका छन् । कालमोचनघाट, राममन्दिर, अन्नपूर्ण र स्वर्गद्वारी आश्रममा साधुसन्तको भीड बढेको हो ।
कतै शरीर भरी खरानी खसेर नागाबाबा बसेका छन् त कतै गेरुबस्त्रधारी साधुसन्त । सबैको एउटै उद्देश्य छ शिवरात्रीमा पशुपतिनाथ मन्दिरको दर्शन गर्ने ।
पाशुपत क्षेत्र साधुसन्तले भरिभराउ भएपछि उनीहरुलाई हेर्नसमेत मानिसको भीड बढेको छ । साधुसन्तले देखाउने विभिन्न क्रियाकलाप हेर्नसमेत मानिसहरुको भीड बढेको हो ।
कतिपय युवाहरु साधुसन्तसँग मागेर गाँजा खानेसमेत पुग्न गरेका छन् । तर यस पटक पशुपति क्षेत्र विकास कोषले साधुसन्तलाई गाँजा र भाङ खानसमेत प्रतिबन्ध लगाएको छ ।
मन्दिर परिसरभित्र गाँजा/भाङलगायतका नसालु पदार्थ प्रयोग गरे कडा कारवाही गर्ने कोषले चेतावनी दिएको छ । नागा बाबाहरुले आफूलाई भगवान शिवकै अवतार भएको मान्छन् ।
हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन मनाईने महाशिवरात्री पर्वलाई दीनदुखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोश भगवानको प्यारो दिनको रुपमा समेत लिने गरिएको धार्मिक गन्थहरुमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्