
पौडेलले सोमबार डडेलधुरा, दिपायल, धनगढी, सुर्खेत, दाङलगायतका स्थानमा हल्का वर्षा भएको जानकारी दिए ।
उनले उपत्यकामा मंगलबार (भोलि) क्षणिक वर्षा हुने हामीसित बताए । बुधबारदेखि भने मौसममा सुधार आउने उनको भनाइ छ ।
सोमबार दिनभर मौसम खराब हुँदा काठमाडौंबाट हुने अधिकांश उडान प्रभावित भएका छन् ।
अन्तर्राष्ट्रिय उडानहरु ढिलाइ भएको र कतिपयलाई नजिकका विमान स्थलहरुमा ‘डाइभर्ट’ गराउनुपर्दा अवतरणमा ढिलाइ भएको पनि उनले बताए ।
त्रिभुवन विमानस्थलमा सोमबार बिहानको ‘भिजिबिलिटी’ १५ सय मिटरमात्रै रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्