प्रदेश–३ मा केशव स्थापित र शालिकराम जमरकट्टेल बने मन्त्री • Image Khabar Image Khabar


प्रदेश–३ मा केशव स्थापित र शालिकराम जमरकट्टेल बने मन्त्री


Imagekhabar
२९ माघ २०७४, सोमबार १८:५९

प्रदेश–३ मा केशव स्थापित र शालिकराम जमरकट्टेल बने मन्त्री

प्रदेशप्रमुख अनुराधा कोइरालाले नवनियुक्त मन्त्री केशव स्थापित र शालिकराम जमरकट्टेललाई सोमबार अपराह्न पद तथा गोपनीयताको शपथ गराइन् ।

स्थापितलाई भौतिक योजना तथा पूर्वाधार विकास र जमरकट्टेललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्री पौडेलले जानकारी दिए ।

अर्को मन्त्रिपरिषद विस्तार नहुन्जेल बाँकी पाँच मन्त्रालय मुख्यमन्त्री पौडेलले नै सम्हाल्ने मन्त्रिपरिषद कार्यालयका सचिव रेश्मीराज पाण्डेले बताए ।

नवनियुक्त मन्त्री स्थापित र जमरकट्टेलले ३ नम्बर प्रदेशका जनताको चाहनाबमोजिम विकास निर्माणको काम निस्पक्ष र पारदर्शी ढंगले गर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस्