२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेश–१ को सभामुख बने भण्डारी


0
Shares

सोमबार बसेको प्रदेश संसदको बैठकले भण्डारीलाई निर्विरोध निर्वाचित गरेको हो ।

बैठकमा ज्येष्ठ सदस्य एवं सभाका सन्चालक ओमप्रकाश सरावगीले सभामुखमा अरु कसैको दाबी नभएका कारण भण्डारी निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

त्यसअघि, प्रदेशको संसद सुरु भएपछि सभामुखको एकमात्र उम्मेदवार रहेका भण्डारीलाई निर्वाचित गरियोस् भनी प्रस्ताव पेस गरिएको थियो ।

भण्डारीलाई सोमबारै प्रदेशप्रमुख डा. गोविन्द तुम्बाङले पद तथा गोपनीयताको शपथग्रहण गराए ।

सुनसरी क्षेत्र नम्बर–१ ‘क’बाट प्रदेशसभामा निर्वाचित भण्डारी धरान–१३ निवासी हुन् ।