पूर्वसांसदको भूमिका महत्वपूर्ण : राष्ट्रपति • Image Khabar Image Khabar


पूर्वसांसदको भूमिका महत्वपूर्ण : राष्ट्रपति


Imagekhabar
२९ माघ २०७४, सोमबार २०:०६

पूर्वसांसदको भूमिका महत्वपूर्ण : राष्ट्रपति

पूर्वसांसद मञ्चले सोमबार राजधानीमा आयोजना गरेको दुईदिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै राष्ट्रपतिले पूर्वसांसदको व्यावसायिक क्षमता, अनुभव र योगदानको कदर हुने विश्वास आफूले लिएको बताएन् ।

राष्ट्रपति भण्डारीले मुलुकमा राजनीतिक संक्रमणको अन्त्य भएकाले देश र जनताप्रति जनप्रतिनिधि उत्तरदायी हुन्छन् भन्ने विश्वास व्यक्त गरिन् ।

अर्काे प्रसंगमा उनले उच्च आर्थिक वृद्धिदर, सामाजिक न्याय, विधिको शासनलेमात्र लोकतन्त्र संस्थागत हुने बताए ।

कार्यक्रममा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले आधारभूत मानवअधिकार, प्रेस स्वतन्त्रता, कानुन र विधिको शासन संसदीय व्यस्थाको गहना भएको बताए ।

पूर्वसभामुख तारानाथ रानाभाटले पूर्वसांसदको कार्यानुभव र सल्लाहलाई सरकारले कदर गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै जनप्रतिनिधिले संसदीय व्यवस्थालाई मर्यादित र रचनात्मक बनाउन इतिहासबाट पाठ सिक्नुपर्ने बताए ।

मञ्चका अध्यक्ष एवं पूर्वसांसद ओमकारप्रसाद श्रेष्ठले पूर्वसांसदले मुलुकमा प्रजातन्त्र र लोकतन्त्र स्थापनाका लागि महत्वपूर्ण योगदान पु¥याएको बताए ।

नेपालमा २००७ मा संसदीय व्यवस्थाको स्थापना भएपनि त्यसको ८ वर्षपछि वि.सं. २०१५ फागुन ७ गते पहिलोपटक संसदीय निर्वाचन भएको थियो ।

पूर्वसांसद मञ्चमा ४४० आजीवन सदस्य र झन्डै एक हजार ४०० साधारण सदस्य छन् ।

प्रतिनिधिसभा निर्वाचनमा मञ्चका सदस्य लालबाबु पण्डित, कृष्णप्रसाद दाहाल र रामेश्वर राय यादव निर्वाचित भएका छन् ।

शान्ति, स्थिरता, लोकतन्त्र, सुशासन र समृद्धिको मूलमन्त्र भन्ने अभियानका साथ सुरु भएको दुईदिने भेलामा विभिन्न जिल्लाका पूर्वसांसदको उपस्थिति छ । रासस

प्रतिक्रिया दिनुहोस्