
नेपालले केन्यालाई ३ विकेटले हराएको हो ।
सोमबार भएको खेल विजयका लागि पाएको १७८ रनको चुनौती नेपालले एक बल खेल्न बाँकी छँदै ७ विकेट गुमाएर पूरा गरेको हो ।
१४ रन जोड्दा ३ विकेट गुमाएपनि छैटौं विकेटका लागि आरिफ शेख र रोहितकुमार पौडेलले ८७ रनको साझेदारी गरेपछि नेपाल विजयी भएको हो ।
आरिफले ४२ तथा रोहितले ४७ रन जोडे । कप्तान पारस खड्काले ४४ बलमा ४२ रन बनाए ।
यसअघि, केन्याले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन बनाएको थियो ।
सन्दीप लामिछानेले सशक्त बलिङ गर्दै १० ओभरमा ५ मेडन राख्दै २० रन खर्चेर ५ विकेट लिए । उनी खेलको ‘म्यान अफ दी म्याच’ घोषित भए ।
यस्तै, शरद भेषावकर, बसन्त रेग्मी र सोमपाल कामीले समान १/१ विकेट लिए ।
जारी प्रतियोगितामा १४ विकेट लिइसकेका सन्दीपले यसअघि नामिबियाका ४, ओमानका २ र युएईका ३ विकेट लिएका थिए ।
प्रतियोगिताका चारमध्ये तीन खेलमा जित र एकमा हार व्यहोरेको नेपाल तालिकाको दोस्रो स्थानमा रहेको छ ।
यसअघि, नेपालले नामिबिया र युएईलाई हराउँदा ओमानसँग हार व्यहोरेको थियो । अन्तिम खेलमा नेपालले क्यानडासँग खेल्नेछ ।
६ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुईमा रहने टोली अर्को महिना जिम्बाब्वेमा हुने विश्वकप छनोटमा खेल्न पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्