 
	    दर्शनार्थीको भीडको मौका पारेर लुटेरा समूहले गहना लुटपाट गर्न सक्ने भन्दै प्रहरीले सादा पोसाकमा महिला प्रहरी खटाएको छ । त्यो पनि दर्शनार्थी कै भेषमा । सारी, कुर्ता र नक्कली गहनाले सजिएर लुटेराको निगरानी गर्ने योजनासहित डेढसय महिला प्रहरी खटिएका छन् ।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीका अनुसार विगतका वर्षमा लुटेराले दुःख दिएपछि यो वर्ष नयाँ सूत्र परिचालन गरिएको हो ।
शिवरात्रिमा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गरी झन्डै सात हजार सुरक्षाकर्मी खटिन्छन् ।
प्रहरीले आइतबार र सोमबार गरेर पाशुपत क्षेत्रमा स्वीप अपरेसन गरेर २२ जनालाई नियन्त्रणमा लिइसकेको छ । – अन्नपूर्ण पोस्ट दैनिकबाट


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्