२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


च्याम्पियन्स लिगका प्रिक्वाटरफाइनल खेलहरु आजबाट, यस्तो छ खेल तालिका


0
Shares

अन्तिम १६ को पहिलो खेलमा आज राति स्विट्जरल्याण्डको एफ.सी बाजलले इङ्ल्यान्डको म्यानचेस्टर सिटीसँग खेल्नेछ । आजै ईटालीमा हुने खेलमा युभेन्टस र टोटनह्याम हट्सपर भिड्नेछन् ।

च्याम्पियन्स लिगअन्तर्गत भोलि राति हुने खेलमा पोर्चुगलको एफ.सी पोर्टो र इङ्ल्यान्डको लिभरपुल तथा स्पेनको रियाल मड्रिड र फ्रान्सको पेरिस सेन्ट जर्मेन पि.एस.जी भिड्नेछन् ।

च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रि क्वाटरफाइनलका बाँकी ४ खेलहरु अर्को हप्ता हुनेछन् ।

अर्को हप्ता हुने खेलहरुमा जर्मनीको बायर्न म्युनिख र टर्कीको बेसिक्तास, इङ्ल्यान्डको चेल्सी र स्पेनको बार्सिलोना, स्पेनको सेभिया र इङ्ल्यान्डको म्यानचेस्टर युनाईटेड तथा युक्रेनको शख्तर र ईटालीको ए.एस.रोमा भिड्नेछन् ।