
ताप्लेजुङ, फागुन १ । ताप्लेजुङमा पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाईड्स पाथीभरा म्याराथन सुरु भएको छ ।
“ताप्लेजुङमा अवस्थित आस्था र विश्वासको धरोहर पाथीभरा जाऔं अलौकिक दैवी शक्ति र अद्धितीय प्राकृतिक सौन्दर्य संग साक्षात्कार गरौं” भन्ने नारा सहित आजदेखि महोत्सव सुरु भएको हो ।
प्रशिद्ध तीर्थस्थल पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रर्वद्धन गर्दै यस जिल्लालाई एक नम्बर प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
सदरमुकाम फुङलिङमा कलश यात्रासहित महोत्सवको शुभारम्भ गरियो ।
महोत्सवमाविभिन्न खेलकुद प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रमको प्रस्तुती र विभिन्न झाँकी प्रर्दशनी गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्