Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


स्वर सम्राट नारायणगोपालको स्मृति दिवस मनाईंदै


0
Shares

काठमाडौं । स्वर सम्राट स्वर्गीय नारायणगोपालको २८ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।

एउटा मान्छेको मायाले कति, स्वर्गकी रानी, आँखाको भाका आँखैले, मलाई नसोध कहाँ दुख्छ घाउ जस्ता सयौं कालजयी गीत गाएका सुमधुर स्वरका धनी नारायण गोपाल गुरुवाचार्यको जन्म १९९६ सालमा काठमाडौंको किलागलमा भएको थियो । उनका कालजयी गीत आज पनि उत्तिकै लोकप्रिय छन् ।

स्वर सम्राट नारायण गोपालले २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्कृष्ट संगीतकार पुरस्कार, २०२४ सालमा सर्वोतकृष्ट गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्षमी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बा श्री, २०४७ सालमा उर्वशी रङ, २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो जस्ता दर्जनौं पुरस्कार पाएका थिए ।

बागीना पत्रिकाको सम्पादक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक एवं सञ्चार मन्त्रालयका सल्लाहकारसमेत रहेका स्वर सम्राट नारायण गोपालको २०४७ मंसिर १९ गते निधन भएको थियो ।

Skip This