
केशव भण्डारी (इमेज)
बुटवल, फागुन २ । प्रदेश नम्बर–५ को सभामुख पदमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा सांसद दधिराम न्यौपानेले घर्तीलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए भने सांसद भूमेश्वर ढकालले समर्थन गरेका थिए ।
सभामुख पदमा अरु कसैको उम्मेदवारी नपरेकाले संविधानको धारा १८२ को उपधारा २ अनुसार घर्ती सभामुखमा निर्विरोध चयन भएका हुन् ।
सभामुखमा निर्वाचित भएपछि घर्तीले सबै पार्टी र सांसदहरुसँग सहकार्य गरेर अघि बढ्ने बताए ।
उपसभामुखको निर्वाचन फागुन ६ गते आइतबार हुनेछ । नेकपा एमाले र माओवादी केन्द्रको सहमतिअनुसार यस प्रदेशमा सभामुख माओवादी केन्द्रले पाएको हो । उपसभामुख भने एमालेले पाउनेछ ।
प्रतिक्रिया दिनुहोस्