२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


फ्लोरिडाको एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा १७ विद्यार्थीको मृत्यु


0
Shares

काठमाडौं, फागुन ३ । अमेरिकाको फ्लोरिडास्थित एक विद्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा १७ विद्यार्थी मारिएका छन् ।

पार्कल्याण्डको मेर्जरी स्टोनम्यान डग्लस हाई स्कुलमा भएको गोली प्रहारमा झन्डै डेढ दर्जन घाईते भएका छन् ।

प्रहरीले गोली प्रहार गर्ने संदिग्ध व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरुले सोही विद्यालयबाट निकालिएका एक जना १९ वर्षीय पूर्व विद्यार्थीले गोली प्रहार गरेको जनाएका छन् ।

संदिग्ध अपराधीको साथबाट अटोमेटिक राईफल बरामद भएको जनाइएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।(एजेन्सी)