२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानसेनापति पुरुष भलिबल फागुन ६ देखि, विजेतालाई ३ लाख


0
Shares

काठमाडौं, फागुन ३ । तेस्रो प्रधानसेनापति खुला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता यही फागुन ६ देखि १२ गतेसम्म राजधानीमा आयोजना हुने भएको छ ।

नेपाली सेनाले आयोजना गर्ने प्रतियोगिता लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कभर्डहलमा सन्चालन हुने जनाइएको छ ।

लिग कम नकआउटको आधारमा सन्चालन हुने प्रतियोगितामा आयोजक नेपाली सेनासहित दुई विभागीय र ६ क्षेत्रको गरी कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैया प्राप्त गर्नेछन् ।