३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


आर्मी सिमरा गोल्डकपको फाइनलमा, थ्रीस्टारसँग उपाधि भिडन्त


0
Shares

प्रकाश लम्साल (इमेज):
बारा, फागुन ३ । त्रिभुवन आर्मी क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा वीरगन्ज युनाइटेड क्लबलाई ३–० ले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो ।

आर्मीको जितमा दिनेश हेन्जन र दीप लामाले एक/एक गोल गरे भने वीरगन्ज युनाइटेडका विष्णु सुनुवारले एक आत्मघाती गोल गरे ।

खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका दिनेश घोषित भए । उनले ५ हजार रुपैयाँ पाए ।

आर्मीले अब उपाधिका लागि शनिबार सिमरा रंगशालामा थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । थ्रीस्टारले बुधबार भएको पहिलो सेमिफाइनलमा मोरङ फुटबल क्लबलाई हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।

प्रतियोगिताकै अवसरमा शुक्रबार बारा र मकवानपुरका सन्चारकर्मीबीच मैत्रीपूर्ण खेल हुने जनाइएको छ ।