१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


पाथीभरा म्याराथनको उपाधि सोलुखुम्बुका सुमनले जिते


0
Shares

सन्तोष पुर्कुटी (इमेज):
ताप्लेजुङ, फागुन ३ । ताप्लेजुङमा सम्पन्न पाथीभरा म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङले जितेका छन् ।

महिला हाफ म्याराथनको उपाधि भने त्रिभुवन आर्मी क्लबकी चन्द्रा रावतले जितिन् ।

बिहीबार भएको खुला म्याराथनतर्फ सुमनले ४ घन्टा १९ मिनेट ५८ सेकेन्डमा निर्धारित् दूरी पूरा गरी उपाधि जितेका हुन् ।

यसअघिको संस्करणका उपाधि विजेता आर्मीकै वेदबहादुर सुनुवार भने योपटक दोस्रो भए । सुनुवारले ४ घन्टा २१ मिनेट ५ सेकेन्डमा दूरी पूरा गरे ।

आर्मीकै तीर्थ तामाङले ४ घन्टा २७ मिनेट ७४ सेकेन्डमा दूरी पूरा गरी तेस्रो भएको आयोजकले जनाएको छ ।

महिला हाफ म्याराथनको उपाधि जितेकी आर्मीकी रावतले ३ घन्टा ३५ मिनेट ५९ सेकेन्डमा निर्धारित् दूरी पूरा गरेकी थिइन् ।

यस्तै, सोलुखुम्बुकी पुर्णीमाया राईले ३ घन्टा ४६ मिनेट ४६ सेकेन्डमा दूरी पार गरी दोस्रो भइन् भने आर्मीकै रोजिना भण्डारीले ३ घन्टा ५० मिनेट ४२ सेकेन्डमा दूरी पूरा गरी तेस्रो भइन् ।

प्रतियोगितामा पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद एक लाख ५१ हजार १११, एक लाख ११ हजार १११ र ५१ हजार १०० रुपैयाँ पुरस्कार पाए भने महिलातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ८१ हजार १११, ५१ हजार १११ र ३१ हजार १११ रुपैयाँ पाए ।

पाथीभरा पर्यटन महोत्सवअन्तर्गत् प्रतियोगिता भएको हो । महोत्सव बिहीबारै समापन भएको छ ।